बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ‘द रेड सुटकेस’

मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सुन्धाराको सिटीसी मलस्थित सिडिसी चलचित्र भवनमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । 

ट्रेलरमा फिल्मका कलाकार विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायते स्थान पाएका छन् । ट्रेलर हेर्दा फिल्मले वैदेशिक रोजगारीको पीडा बोल्ने अनुमान गर्न सकिन्छ ।

भेनिस फिल्म फेस्टिभलमा दुई दुई वटा अवार्ड जित्न सफल ‘द रेड सुटकेस’ फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो । सौगात, विपीन र सृष्टि श्रेष्ठको अलवा फिल्ममा प्रवीण खतिवडाको पनि रोचक भूमिका छ ।

कार्यक्रममा अभिनेता प्रवीन खतिवडाले फिल्ममा युवाहरूले देखेको सपना, आसाहरूको विषय रहेको बताए । उनले देशका आर्थिक, सामाजिक र राजनीतिक परिवेश समेत पिःलममा रहेको सुनाए ।

कार्यक्रममा अभिनेता सौगात मल्लले ‘रेड सुटकेस’ अहिले आएको फिल्म भन्दा निकै फरक भएको बताए । फिल्मको सुटिङ देखिनै यसले आफूलाई पनि फरक महसुस गराएकोले दर्शकमा भिन्न अनुभूति दिने उनको धारणा रहेको थियो ।

062A6277 (1)

‘यसले विभिन्न फेष्टिभलमा किन अवार्ड जित्यो । अन्य फिल्मले किन जितेन भन्ने फिल्म हेरेपछि सबैले बुझ्नेछन्’, सौगातले थपे ।

फिल्मका निर्माता रामकृष्ण पोखरेलले ‘रेड सुटकेस’ दुर्लभ फिल्म भएको बताए । ‘‘रेड सुटकेस’ जस्तो फिल्म निर्माण गर्ने कोसिस नेपालमा भएको पनि छैन र जो पायो त्यसले आट पनि गर्दैन’, निर्माता पोखरेलले थपे,‘नयाँ वर्षमा नयाँ नेपालकै दुर्लभ फिल्म दिने लागेको हौ ।’ फिल्म हेरेर प्रतिक्रिया दिन समेत पोखरेलले उनले सबैमा अनुरोध गरे । ‘फिल्मले नेपाल फिल्म उद्योगमा नयाँ प्रयासको थालनी गर्नेछ’, पोखरेलले थपे ।

फिल्मका निर्देशक फिडेल देवकोटाले फिल्ममा आफ्नो शैली पछ्याउन सकियो भने कुनैपनि फेष्टिभल जान गाहे नपर्ने बताए ।

आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् भने फिल्ममा समन अलभितिगाले सम्पादन गरेका छन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह निर्माताको रूपमा रहेका छन् ।

गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्त्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया