आम आदमी पार्टीका सांसद सञ्जय सिंहले सर्वोच्च अदालतबाट पाए जमानत
नयाँ दिल्ली । आम आदमी (आप) पार्टीका सांसद सञ्जय सिंहले अदालतबाट जमानत पाएका छन् । मंगलबार सर्वोच्च अदालतले उनलाई जमानतमा दिएको हो ।
सञ्जयलाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित एउटा घोटालामा पक्राउ गरिएको थियो । उनलाई प्रवर्तन निदेशालय (ईडी)ले अक्टोबर २०२३ मा पक्राउ गरेको थियो ।
न्यायाधीश सञ्जीव खन्नाले जमानतका सर्तहरू ट्रायल कोर्टले तय गर्ने बताएका थिए । ईडीका निर्देशकले संजय सिंहलाई जमानत दिन कुनै आपत्ति नजनाएको अतिरिक्त सोलिसिटर जनरल एसवी राजुले अदालतमा भनेका थिए । दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया पनि यही घोटाला जेलमा छन् ।
पार्टीका अन्य केही शीर्ष नेताहरू पनि जेलमा थिए । हालै दिल्लीका मुख्यमन्त्री तथा आपका प्रमुख नेता अरविन्द केजरीवाललाई पनि यही मामिलामा पक्राउ गरिएको थियो । ईडीले पटक पटक केजरीवालको हिरासत अवधि लम्ब्याइरहेको छ । सोमबार उनको हिरासत अवधि १५ दिन थपिएपछि केजरीवाल तिहाड जेलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण