ढोलाहिटी हत्याकाण्ड : राजु गुरुङले गरे आत्मसमर्पण
काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्यामा संलग्न आरोपी राजु गुरुङले आत्मसमर्पण गरेका छन् । तेह्रथुम घर भएर ढोलाहिटी बस्दै आएका गुरुङले जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसमर्पण गरेका हुन् । उनलाई ललितपुर प्रहरीले खोजी गरिरहेको थियो ।
आरोपी गुरुङले आत्मसमर्पण गरेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा चक्कु प्रहारबाट ११ फागुनमा दुई जनाको मृत्यु भएको थियो ।
ढोलाहिटीस्थित डि–पोपिना नामको रेस्टुरेन्टमा चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पूजन राईको मृत्यु भएको हो । रोबसको कोखमा र पुजनको तिघ्रामा चोट लागेको थियो ।
हत्यामा संलग्न आरोपमा यसअघि रेस्टुरेन्ट सञ्चालक खोटाङ घर भएका ३१ वर्षीय विजय राई, अर्का सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण