समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सम्भावना भएको देश नेपाल नै हो : प्रधानमन्त्री
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं अध्यक्ष प्रचण्डले समाजवादलाई अघि बढाउन नेपाल उर्वर भूमि रहेको बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको छलफल कार्यक्रममा बोल्दै प्रचण्डले हालको संविधानमा समाजवाद र पुँजीवादको समान विशेषता रहेको बताए ।
उनले भने, ‘यो संविधान पूर्ण भनेर हामीले भनेका छैनौँ, यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरू पनि छन् । थुप्रै समाजवादका विशेषताहरू पनि छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरू मिलेर जाँदा देश समाजवादतर्फ अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने देशमा प्रतिगामी खतरा पनि हुँदै जाने सम्भावना छ । त्यस कारण हाम्रो जिम्मेवारी छ कि यो संविधानलाई बढी भन्दा बढी प्रगतिशील धारातर्फ अगाडि बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभूतिबाट शिक्षा लिँदै अगाडि जान जरुरी छ ।’
प्रचण्डले अगाडि भने, ‘नेपाल मात्रै अहिले त्यस्तो परिस्थितिमा छ, यहाँका समाजवादीहरू, यहाँका देशभक्तहरू अझै पनि एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सम्भावना भएको देश नेपाल नै हो । त्यस कारण मैले यीनै कुरालाई आत्मसाथ गरेर नै केही जोखिम भएपनि, केही चुनौती भएपनि देशभक्त बामपन्थीहरुलाई एक ठाउँमा ल्याउने जमर्को गरेकै हो ।’
उनले समाजवादको जन्म सडकबाट हुने बताउँदै जनता सडकमा हुने र पहिलो प्राथमिकता सडकले नै पाउनुपर्ने बताए । जनताबाट समाजवाद जन्मिने बताउँदै सडकबाट समाजवाद जन्माउनका लागि सबै तयार हुनुपर्नेमा जोड दिए । हरेक राजनीतिक दल सडक वा सरकारमा जहाँ रहे पनि सडकमा भएका जनताबाट समाजवाद ल्याउन अघि बढ्नुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण