पहिलो पटक खो खोको उमेर समूहको प्रतियोगिता
मङ्गलबार, २० चैत २०८०, १७ : १९
काठमाडौँ । नेपाल खो खो संघले पहिलो पटक उमेर समूहको महिला तथा पुरुष प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता सुदूरपश्चिम प्रदेश खो खो संघको सह–आयोजनामा कैलालीको धनगढीमा सञ्चालन हुनेछ ।
नेपाल खो खो संघका अनुसार, ‘प्रथम यू–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता’ चैत २४ देखि २७ गतेसम्म आयोजना हुनेछ । खो खोको राष्ट्रिय स्तरको कुनै पनि प्रतियोगिता पहिलो पटक मोफसलमा आयोजना गर्न लागिएको हो ।
सुदूरपश्चिम प्रदेश खो खो संघले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ । नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनका अनुसार, प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी ६ वटा टोलीको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण