शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘मीराः स्याडो अफ अ रेन्बो’ ट्रेलर : अटिजम भएकी छोरी र आमाको कथा

मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण  कथा झल्काउन खोजिएको छ । आध्यात्मिक चिन्तनको केही पाटो पनि ट्रेलरमा छ ।

एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा फिल्म बनेको हो । फिल्मको निर्देशन अभिनेत्री अनिता पण्डित गरेकी हुन् । 

फिल्ममा निर्देशक अनिता सहित सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको अभिनय छ । आश्वि फिल्मसको निर्माण रहेको फिल्मको रिलिज मिति भने सार्वजनिक गरिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया