शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपाल ए र आयरल्यान्ड वुल्भ्सबिचको पहिलो एक दिवसीय खेल आज

बुधबार, २१ चैत २०८०, ०८ : ५०
बुधबार, २१ चैत २०८०

काठमाडौँ । नेपाल ए र आयरल्यान्ड वुल्भ्सबिचको पहिलो एक दिवसीय खेल आज हुँदै छ । आज बिहान साढे ९ बजे कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हुन लागेको हो । 

तीन एक दिवसीय खेलको सिरिजमा आज पहिलो जित निकाल्ने लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रिँदै छन् । यसअघि भएको टि २० सिरिजमा नेपाल २—१ ले पराजित भएको थियो । 

राष्ट्रिय टोलीसँग भएको दुई टि २० खेलमा भने आयरल्यान्ड दुवै खेलमा पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप