गण्डकी सरकारले २ जिल्लामा प्रदेशस्तरीय क्रिकेट रङ्गशाला बनाउने
पोखरा । गण्डकी सरकारले २ वटा जिल्लामा प्रदेश स्तरीय क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ । चैत ९ गते बसेको मन्त्रीपरिषद् बैठकले नवलपुर र तनहुँमा क्रिकेट रङ्गशाला बनाउने निर्णय गरेको छ ।
नवलपुरको कावासोती २ नवदुर्गा खेल मैदान र तनहुँको शुक्लागण्डकी ८ गाउँफर्क उदय माविको खेल मैदानलाई सुविधा सम्पन्न बनाउन लागिएको हो । प्रदेश खेलकुद परिषद्ले प्रदेश स्तरको २ वटा र अन्तर्राष्ट्रिय स्तरको एउटा खेलमैदान बनाउन विभिन्न जग्गाहरू सिफारिस गरेको छ ।
सदस्य सचिव श्रीधर शर्माका अनुसार पहिलो चरणमा सरकारले प्रदेश स्तरको रङ्गशाला बनाउन निर्णय गरिसकेको छ । क्रिकेट मैदान निर्माणका लागि यो वर्ष ४० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकमबाट काम अघि बढाइने शर्माको भनाई छ ।
कावासोतीमा नगरपालिकाले २ सय रोपनी जग्गा रङ्गशालाका लागि स्वीकृति दिएको छ । शुक्ल गण्डकीको खेलमैदानमा रहेको १७३ रोपनी जग्गा समेत स्वीकृति प्राप्त भैसकेको उनले जानकारी दिए । परिषद्ले कार्यकारी सदस्य ऋषिराम गौतमको संयोजकत्वमा सम्भाव्यता अध्ययन टोली गठन गरेको थियो ।
यस्तै, अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउन पनि ठाउँ सिफारिस गरिएको छ । पोखरा महानगरपालिका १४ भेडीफर्ममा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउन सकिने सिफारिस गरेको हो । उक्त जग्गाको निर्णय सरकारबाट नभएकोले अहिले प्रक्रिया अघि नबढेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण