सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपाको ह्विप
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको विपक्षमा मतदान गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले ह्विप जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले शाहको विपक्षमा मतदान गर्न बुधबार ह्विप जारी गरेकी हुन् ।
मुख्यमन्त्री शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेको सन्दर्भमा यस्तो ह्विप कार्यान्वयन भएमा सरकार ढल्ने निश्चित छ । तर, नागरिक उन्मुक्ति पार्टीभित्र प्रदेश सरकारलाई साथ दिने कि नदिने भन्नेमा विवाद रहँदै आएको छ । विवाद चर्किँदै जाँदा सो पार्टीभित्र दुई दिनअघि हातहालाहालको स्थिति समेत भएको थियो ।
‘उपरोक्त सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमहरूका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरेपनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले मिति २०८०।१२।२२ गते माननीय कमल बहादुर शाहज्यूले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्नुहुन निर्देशन सहितको ह्विप जारी गरिएको ब्यहोरा अनुरोध गर्दछु’, श्रेष्ठले प्रदेशमा पठाएको निर्देशनमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण