मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा दुई बस एकापसमा ठोकिए, २४ जना घाइते

बुधबार, २१ चैत २०८०, १५ : ३२
बुधबार, २१ चैत २०८०

बुटवल । दाङ जिल्लाको देउखुरीमा बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–३ वनगाउँमा बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नम्बरको बस र तुल्सीपुरबाट बुटवल आउँदै गरेको रा१ख २५८१ नम्बरको बस बुधबार एकापसमा ठोक्किँदा २४ जना घाइते भएका हुन् । 

दुईवटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए ।

उनका अनुसार दुर्घटनामा घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि बाहिर रिफर गरिएको छ भने केहीको लमही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा दुवै बसमा सवार रहेका केही यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा घोराही उपमहानगरपालिका– १५ का  ५० वर्षीय विनोद पौडेल, राप्ती गाउँपालिका–१ का  ८२ वर्षीय हुम बहादुर राना, राप्ती गाउँपालिका– २ लालमटिया निवासी ७८ वर्षिया चन्द्र कमला थापा, सोही ठाउँ निवासी वर्ष ४७ का घनश्याम थापा, जिल्ला रुपन्देही देवदह नगरपालिका– ४ निवासी वर्ष ६३ का रुद्र प्रसाद पौडेल,  जिल्ला रुपन्देही  सैनामैना –४ का ५७ वर्षीय तुलावीर विष्ट, शुद्दोधन गाउँपालिका– ३ निवासी सृष्टि खनाल, सोही ठाउँ निवासी ५ वर्षिया अंशु नेपाल, बुटवल उपमहानगरपालिका– १० निवासी ४२ वर्षिया पार्वती अर्याल, रोल्पा जिल्ला थवाङ्ग गाउँपालेका–३ निवासी ३१ वर्षीय दीपेन्द्र बुढा मगर, दीपेन्द्रका १० महिनाका छोरा सुमन बुढा मगर, कपिलवस्तु जिल्ला इमिलिया निवासी ३४ वर्षीय टिका विक, सोही ठाउँ निवासी ९ वर्षीय  निर्मल विक, कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका– १ निवासी ६२ वर्षीय थम्मन विष्ट, गढवा गाउँपालिका– २ पचाहिया निवासी ३८ वर्षीय लक्ष्मन थारु, जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–२ निवासी विश्व कुमारी थापा, लमही नगरपालिका–६ कहिरी निवासी ४० वर्षीय गोविन्द पाण्डे र भुरी गाउँ बर्दियाका डेढ वर्षिया गृष्मा थारु, राप्ती गाउँपालिका–२ निवासी ७० वर्षिया शिवादेवी राउत क्षेत्री, जिल्ला प्युठान झिमरुक गाउँपालिका– ४ निवासी २८ वर्षिया तुल्सा बुढाथोकी, जिल्ला पाल्पा तानसेन नगरपालिका– १० निवासी ३२ वर्षिया सविता न्यौपाने र सोही ठाउँ निवासी ९ वर्षिया स्वस्तिका न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता जनक बहादुर मल्लले जानकारी दिए।

रा१ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका– २ पचहिया निवासी वर्ष ३८ का लक्ष्मन थारु, राप्ती गाउँपालिका– २ लालमटिया निवासी ७८ वर्षिया चन्द्र कमला थापा र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ ।उनीहरूलाई लमही अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप