मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वत घटना : लुटपाटको उद्देश्यले दम्पतीको हत्या

बुधबार, २१ चैत २०८०, १७ : २१
बुधबार, २१ चैत २०८०

काठमाडौँ । पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ मा दम्पतीको हत्या भयो । ६८ वर्षीय सूर्य बहादुर जि.सी र उनकी पत्नी ६५ वर्षीया गमला जि.सी मृत अवस्थामा भेटिएका हुन् । उनीहरूको घाँटी र टाउकोमा चोट लागेको छ । धारिलो हतियार प्रहार गरेर उनीहरूको हत्या भएको पर्वतका डीएसपी खुमलाल भुसालले रातोपाटीलाई बताए ।

लुटपाट गर्ने उद्देश्यले उनीहरूको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्नले सुर्यबहादुरले लगाएको सुनको औँठी तथा गमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन् । ‘लुटपाट गर्ने उद्देश्यले हत्या भएको देखिन्छ’ डीएसपी भुसाल भन्छन्–‘हामी अनुसन्धान गर्दै छौं ।’

हत्यामा संलग्न आरोपीहरू पक्राउ परेका छैनन् । सूर्य बहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गरेका छन् । दुई छोरा दक्षिण कोरियामा छन् । एउटा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गरेका छन् ।

हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ । उनीहरूको घरभन्दा करिब २० मिनेट माथि बस्ती छ । शंकितहरुसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप