शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ठुलो पर्दाको धमाकापछि ओटीटीमा अब ‘गामी’

बुधबार, २१ चैत २०८०, १७ : ३९
बुधबार, २१ चैत २०८०

मुम्बई । तेलुगू अभिनेता विश्वक सेन फिल्म ‘गामी’ को कारण चर्चामा छन् । ८ मार्चमा हलमा रिलिज यो  फिल्मले दर्शकका साथसाथै समीक्षकलाई समेत रिझाउन सफल रह्यो । फिल्मले ब्यवसाय समेत राम्रो गरेको थियो ।

सर्वाइभल थ्रिलर जनरामा निर्माण भएको यो फिल्म हलपछि अब ओटीटीमा पनि रिलिज हुने भएको छ । फिल्म १२ अप्रिल २०२४ मा जी फाइव ओटीटीमा रिलिज हुन लागेको हो । फिल्ममा विश्वकको साथमा चाँदनी चौधरी पनि मुख्य भूमिकामा छिन् । यो फिल्म तेलुगू फिल्म उद्योगको बहुप्रतिक्षित फिल्ममध्ये एक थियो ।

जुन लामो प्रतिक्षापछि रिलिज भएको थियो । कथा, पात्रको अलवा फिल्मको छायांकन पक्षको पनि निकै तारिफ भएको थियो ।  जी फाइवले पनि सामाजिक सञ्जालमार्फत फिल्म रिलिजको जानकारी दिएको छ ।

अभिनेता विश्वक अहिले फिल्म ‘मेकानिक रकी’ मा ब्यस्त छन् । फिल्मको फष्टलुक्स केही पहिले आएको थियो । फिल्ममा विश्वकको अलवा मीनाक्षी चौधरी पनि देखिनेछिन् । ‘मेकानिक रकी’ एक्सन कमेडी फिल्म भएको बताइन्छ ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप