ठुलो पर्दाको धमाकापछि ओटीटीमा अब ‘गामी’
मुम्बई । तेलुगू अभिनेता विश्वक सेन फिल्म ‘गामी’ को कारण चर्चामा छन् । ८ मार्चमा हलमा रिलिज यो फिल्मले दर्शकका साथसाथै समीक्षकलाई समेत रिझाउन सफल रह्यो । फिल्मले ब्यवसाय समेत राम्रो गरेको थियो ।
सर्वाइभल थ्रिलर जनरामा निर्माण भएको यो फिल्म हलपछि अब ओटीटीमा पनि रिलिज हुने भएको छ । फिल्म १२ अप्रिल २०२४ मा जी फाइव ओटीटीमा रिलिज हुन लागेको हो । फिल्ममा विश्वकको साथमा चाँदनी चौधरी पनि मुख्य भूमिकामा छिन् । यो फिल्म तेलुगू फिल्म उद्योगको बहुप्रतिक्षित फिल्ममध्ये एक थियो ।
जुन लामो प्रतिक्षापछि रिलिज भएको थियो । कथा, पात्रको अलवा फिल्मको छायांकन पक्षको पनि निकै तारिफ भएको थियो । जी फाइवले पनि सामाजिक सञ्जालमार्फत फिल्म रिलिजको जानकारी दिएको छ ।
अभिनेता विश्वक अहिले फिल्म ‘मेकानिक रकी’ मा ब्यस्त छन् । फिल्मको फष्टलुक्स केही पहिले आएको थियो । फिल्ममा विश्वकको अलवा मीनाक्षी चौधरी पनि देखिनेछिन् । ‘मेकानिक रकी’ एक्सन कमेडी फिल्म भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण