खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खेलाडीहरूलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने बताए । उनले नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र रहेको उल्लेख गरे । उनले खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएको बताए । उनले नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरू प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको जिकिर गरे ।
उनले भने, ‘मैले आफ्नो कार्यकालमा खेलकुद, साहित्य, कला र संगीतको क्षेत्रलाई उच्च महत्त्व दिएको छु । तसर्थ नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरू प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न, संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ । खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउन मैले जोड गर्नेछु । खेलाडीहरूलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्छ भन्ने पक्षमा म छु । केही अघि पनि बढाइसकेको छु । बाँकी छ भन्ने सुने मैले बाँकी तुरुन्तै निकासा गरिन्छ ।’
प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा कतारका राजाले नेपाल भ्रमण गर्न लागेको जानकारी गराउँदै भ्रमणलाई लक्षित गर्दै सरकारले खेल क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा सम्झौताको तयारी गरिरहेको उल्लेख गरे । उनले सम्झौता ऐतिहासिक हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा फर्किँदै घरजग्गा कारोबार : राजस्व र कारोबार रकम बढ्यो, काठमाडौँमा सबैभन्दा धेरै वृद्धि
-
'विश्वकपले कार्बन उत्सर्जनको जिम्मेवारी बहन गर्नैपर्छ'
-
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाइ
-
निजी र सार्वजनिक जीवन छुट्ट्याउन नसक्दा भ्रष्टाचार र कुशासन सुरु हुन्छ : खनाल
-
चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानुन पारित नभए आगामी निर्वाचन हुन कठिन छ: भण्डारी
-
लोड भएको कटुवा पेस्तोल, गोली र नगदसहित रौतहटमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण