‘सिंघम अगेन’ पछि अभिनयबाट ब्रेक लिँदै रणवीर–दीपिका
काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण चाँडै बाबुआमा बन्दै छन् । केही समयअघि यो जोडीले सामाजिक सञ्जालमार्फत आफूहरू बाबुआमा बन्न लागेको जानकारी दिएका थिए ।
अब यो जोडी सन्तान जन्मिएपछि अभिनयबाट केही समयका लागि ब्रेक लिने तयारीमा छन् । दीपिकाले ‘सिंघम अगेन’को आफ्नो हिस्साको सुटिङ पुरा गरेपछि केही समयका लागि ब्रेक लिने तयारीमा छिन । उनको तयारीमा रणवीरले साथ दिने निर्णय लिएका छन् ।
दीपिका र रणवीर आफ्नो सन्तानसँग सम्झन लायक समय बिताउन चाहन्छन् । त्यसकारण पनि केही समयका लागि ब्रेक लिने निर्णय लिएका हुन् । दीपिकाले ‘सिंघम अगेन’ पछि कुनै फिल्म साइन गरेकी छैनन् ।
गत मंगलबार दुवैले मुम्बईको एक स्टुडियोमा ‘सिंघम अगेन’को सुटिङ गरेका थिए । यो फिल्ममा दीपिकाले प्रहरी अधिकृत शक्ति शेट्टीको भूमिका निभाउँदैछिन् । फिल्ममा दीपिकाको चरित्र देखाइएको फस्टलुक सार्वजनिक भइसकेको छ ।
रोहिट शेट्टीको कप युनिभर्स ‘सिंघम अगेन’मा दीपिका र रणवीरका अलावा करीना कपूर, अक्षय कुमार, अर्जुन कपूर, टाइगर श्राफ र अजय देवगनको अभिनय छ । फिल्म यही अगस्ट १५ मा रिलिज हुँदै छ ।
फिल्मको फाइनल शेड्यूल मुम्बईमा खिचिनेछ । जहाँ एक ठुलो सेट निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण