शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिंघम अगेन’ पछि अभिनयबाट ब्रेक लिँदै रणवीर–दीपिका

बिहीबार, २२ चैत २०८०, ०८ : ४६
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण चाँडै बाबुआमा बन्दै छन् । केही समयअघि यो जोडीले सामाजिक सञ्जालमार्फत आफूहरू बाबुआमा बन्न लागेको जानकारी दिएका थिए ।

अब यो जोडी सन्तान जन्मिएपछि अभिनयबाट केही समयका लागि ब्रेक लिने तयारीमा छन् । दीपिकाले ‘सिंघम अगेन’को आफ्नो हिस्साको सुटिङ पुरा गरेपछि केही समयका लागि ब्रेक लिने तयारीमा छिन । उनको तयारीमा रणवीरले साथ दिने निर्णय लिएका छन् ।

दीपिका र रणवीर आफ्नो सन्तानसँग सम्झन लायक समय बिताउन चाहन्छन् । त्यसकारण पनि केही समयका लागि ब्रेक लिने निर्णय लिएका हुन् । दीपिकाले ‘सिंघम अगेन’ पछि कुनै फिल्म साइन गरेकी छैनन् ।

गत मंगलबार दुवैले मुम्बईको एक स्टुडियोमा ‘सिंघम अगेन’को सुटिङ गरेका थिए । यो फिल्ममा दीपिकाले प्रहरी अधिकृत शक्ति शेट्टीको भूमिका निभाउँदैछिन् । फिल्ममा दीपिकाको चरित्र देखाइएको फस्टलुक सार्वजनिक भइसकेको छ ।

रोहिट शेट्टीको कप युनिभर्स ‘सिंघम अगेन’मा दीपिका र रणवीरका अलावा करीना कपूर, अक्षय कुमार, अर्जुन कपूर, टाइगर श्राफ र अजय देवगनको अभिनय छ । फिल्म यही अगस्ट १५ मा रिलिज हुँदै छ ।

फिल्मको फाइनल शेड्यूल मुम्बईमा खिचिनेछ । जहाँ एक ठुलो सेट निर्माण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप