बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँहरूले आज पितृ पुर्खाहरूको सम्झना गर्दै

बिहीबार, २२ चैत २०८०, ०९ : ३९
बिहीबार, २२ चैत २०८०

चीन । चिनियाँहरूले आज आफ्ना पितृ पुर्खाहरूको सम्झनामा शोक मनाउँदै छ । चिनियाँहरूले यसलाई छिङ मिङ पर्व (समाधिस्थल स्थल सफाइ) पर्व भनेर मनाउने गर्दछन् । बिहीबार देशभर सरकारले सार्वजनिक बिदा दिएको छ । 

आफ्नो पितृपुर्खाहरुको सम्झना, ध्यान, पूजा, पाठसँगै चामल र हरियो वनस्पतिको प्रयोग गरेर बनाइने छिङ थुआन नामको खाना समेत खाने गर्दछन् । पितृहरूको सम्झना गर्दै उनीहरूको समाधिस्थल अगाडि गएर केही पहेँलो कागज (पैसा) चढाउने, केही लुगा र चिनियाँ खेलको माच्याङको गट्टी चढाउने गरिन्छ । चिनियाँहरू माच्याङ खेललाई मनोरञ्जनको खेल मान्दछन् । स्वर्गमा गएका पुर्खाहरुले पनि रमाइलो गरुन् भनेर यो गट्टी चढाएको चिनियाँ संस्कृति अध्येता स्याओ माले रातोपाटीलाई बताए । 

उनले भने, यो पर्वको रमाइलो कथा छ, चीनमा दुई हजार वर्ष पहिले एकजना राजा जिङवेन्गौङ्ग कुनै यात्रामा हिँड्दा बाटोमा भोक लागेछ । राजालाई भोक लागेपछि उनको साथमा रहेका मन्त्री जेच तुङले आफ्नो तिघ्राको मासु काटेर खान दिए । केही समय पछि राजा सत्तामा आएपछि मन्त्रीलाई बोलाएर फेरि मन्त्री बनाउन खोजे तर मन्त्री पदमा उनी बस्न चाहेनन् । मन्त्री जङ्गलमा ध्यानमग्न भएर बसे राजाले जङ्गलमा मन्त्री खोज्न पठाए तर पनि उनी आएनन् । जङ्गलमा आगो समेत लगाइयो र आगो लगाएपछि मन्त्रीको मृत्यु भयो । मन्त्रीले जङ्गलमा रहेको ढुगामा लेखेछन् ।  मैले यतिबेला तपाईँलाई केही पाइन्छ भनेर सहयोग गरेको होइन, त्यो मेरो जिम्मेवारी थियो भनेपछि त्यतिबेलादेखि राजाले यो पर्वको सुरुवात गरेका हुन् । 

WeChat Image_20240404112902

चिनियाँ संस्कृति अध्येता माले भने– राजाको निर्देशन पछि चिनियाँहरूले यो छिङ मिङ पर्व मनाउन शुरु गरेको हो ।  

यात्रामा निस्के चिनियाँ 

वसन्त ऋतुको आगमनसँगै तीन दिनको छुट्टी पाएका चिनियाँहरू हरेक सहरहरूमा फूलहरू फुलेको र घुम्ने मौसमसमेत रहेकाले चिनियाँहरू घुम्न निस्केका छन् । 

एक दिन सार्वजनिक बिदा भए पनि सरकारले एक दिन बिदा थप गरेर शुक्रबार बिदा दिएपछि चिनियाँहरू घुम्न निस्केका हुन् । बिहीबार, शुक्रबार र शनिवार तीन दिन बिदा पाएका छन् । 

रोचक पक्ष के छ भने शुक्रबारको बिदा सट्टा बिदा हो । शुक्रबार चिनियाँहरूले छुट्टी मनाए पनि शुक्रबारको काम आइतबार गर्नुपर्ने हुन्छ । यो हप्ता आइतबार चीनमा सबै सरकारी कार्यालय र विश्वविद्यालयमा सञ्चालन हुनेछन् ।   

चीनमा हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने गर्दछ । त्यसबाहेक चिनियाँ नयाँ वर्षमा वसन्त पर्वमा तीन दिन, पितृ पुर्खा दिवसमा एक दिन, श्रमिक दिवसमा एक दिन, ड्रागन (ढुङ्गा) दिवसमा एक दिन, मध्य शरद चाडमा एक दिन, राष्ट्रिय दिवसमा तीन दिन र अन्तर्राष्ट्रिय नयाँ वर्ष अर्थात् जनवरी १ गरी जम्मा ११ दिन सार्वजनिक बिदा हुने गर्दछ । 

तर चीनमा सार्वजनिक बिदा हुने दिनमा अगाडि र पछाडिको दिनमा सापटी बिदा मिलाएर नागरिकलाई आन्तरिक पर्यटन यात्रा गरुन् भनेर प्रोत्साहनका लागि सन् २०१४ देखि यस्तो सापटी बिदाको चलन शुरु गरेको हो ।

आन्तरिक पर्यटन प्रर्बद्धनका लागि, नागरिक यात्रामा नयाँ कुरा देख्ने, सिक्ने र नयाँ प्रान्तको खानाको स्वादका लागि यात्रा गरुन् भनेर सापटी बिदाको चलन सुरु भएको हो । 

सापटी बिदाले चिनियाँ अर्थतन्त्रमा निकै ठुलो असर पारेको छ । चिनियाँहरू पछिल्लो समयमा अर्थतन्त्र मजबुत भएपछि घुमन्ते भएका छन् । चिनियाँहरूले नेपालमा मनाइने दसैँ जस्तै वसन्त पर्वमा निकै खर्च गर्दछन् । तीन दिनको बिदामा पनि लाखौं सङ्ख्यामा चिनियाँ घुम्न निस्कने छन् चीनको सरकारी टेलिभिजन सिजिटिएनले घुम्ने ठाउँ र घुम्नका लागि उपयुक्त स्थानको बारेमा प्रचारप्रसार गरिरहेको छ । 

विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको चीनमा तीन दिनको  बिदामा अर्थतन्त्र चलायमान हुने चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक वृद्धि र आन्तरिक पर्यटन र स्थानीय व्यापार व्यवसायका लागि यस्तो बिदाको नियम बनाएको हो । 

चीनमा दिइने ११ दिने सार्वजनिक बिदा शनिबार, आइतबार परेमा त्यसको साथै त्यस हप्ताको सोमबार पनि बिदा दिने गरिन्छ । तर सोमबारको बिदाको काम सोही हप्ताको अगाडि पछाडिको शनिबार काम गर्नु पर्दछ । बिदालाई लामो बनाउन र यो नियम चीनभर नैं एउटै नियम छ । 

एक अर्ब चालिस करोड जनसङ्ख्या रहेको चीनमा २३ वटा प्रान्त, ५ वटा स्वायत्त प्रदेश, ४ वटा केन्द्र शासित सहर र २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । त्यसमध्ये मंगोलिया, सिन च्याङग युगुर, क्वाङ्ग सि च्वाङ्ग जातीय, निङ्ग स्या ही जातीय र तिब्बत स्वायत्त प्रदेश छन् । केन्द्र शासित सहर राजधानी बेङजिङ, शाङ्गहाई, थ्येनचिङ र छोङछिङ रहेका छन् । 

चीनमा हङकङ र मकाउ २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । ३४ वटा प्रान्तीय स्तरका प्रशासनिक क्षेत्रहरू रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप