इजरायली आक्रमणमा इरानी सरकारी टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
काठमाडाैँ । इजरायली सेनाले तेहरानस्थित इरानी सरकारी टेलिभिजनको कार्यालयमा आक्रमण गरेको पुष्टि गर्दै इजरायलका रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
यस घटनापछि पत्रकारको सुरक्षा र स्वतन्त्रताको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था कमयुनीटी टू प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले उक्त आक्रमणको कडा निन्दा गरेको छ।
मध्यपूर्व क्षेत्रका लागि ऋएव् क्षेत्रीय निर्देशक सारा कुदाहले भनिन्, ‘इरानको सरकारी टेलिभिजन च्यानललाई लाइभ प्रसारण भइरहेका बेला आक्रमण गर्नु अत्यन्तै निन्दनीय छ। गाजामा २०० जना पत्रकारको ज्यान लिएको इजरायली दण्डहीनता अहिले अरू देशका सञ्चारमाध्यममाथि पनि आक्रमण गर्न प्रयोग भइरहेको छ। यो रक्तपात अब तुरुन्त रोकिनुपर्छ।’
इरान–इजरायल तनावले पछिल्ला दिनहरूमा गम्भीर रूप लिएको छ, जसले अब सञ्चारमाध्यम र पत्रकारहरूलाई पनि प्रत्यक्ष असर पार्न थालेको देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण