मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा

मङ्गलबार, ०३ असार २०८२, ०१ : ५३
मङ्गलबार, ०३ असार २०८२

काठमाडाैँ । इजरायली सेनाले तेहरानस्थित इरानी राज्य टेलिभिजनको कार्यालयमा आक्रमण गरेको पुष्टि गर्दै इजरायलका रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

यस घटनापछि पत्रकारको सुरक्षा र स्वतन्त्रताको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था कमयुनीटी टू प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले उक्त आक्रमणको कडा निन्दा गरेको छ।

मध्यपूर्व क्षेत्रका लागि ऋएव् क्षेत्रीय निर्देशक सारा कुदाहले भनिन्, ‘इरानको राज्य टेलिभिजन च्यानललाई लाइभ प्रसारण भइरहेका बेला आक्रमण गर्नु अत्यन्तै निन्दनीय छ। गाजामा २०० जना पत्रकारको ज्यान लिएको इजरायली दण्डहीनता अहिले अरू देशका सञ्चारमाध्यममाथि पनि आक्रमण गर्न प्रयोग भइरहेको छ। यो रक्तपात अब तुरुन्त रोकिनुपर्छ।’

इरान–इजरायल तनावले पछिल्ला दिनहरूमा गम्भीर रूप लिएको छ, जसले अब सञ्चारमाध्यम र पत्रकारहरूलाई पनि प्रत्यक्ष असर पार्न थालेको देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप