इजरायली वायुसेनाले तेहरानस्थित विमानस्थलमा रहेका दुई इरानी लडाकु विमान ध्वस्त पारेको दाबी गरेको छ।
इजरायलले ती विमानहरू आक्रमणका लागि प्रयोग हुनसक्ने भन्दै निशाना बनाएको बताएको छ।
इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र आक्रमण सुरु गरेको र दुई देशबीचको तनाव बढेको छ।
काठमाडाैँ । इजरायल र इरानबीचको तनाव चुलिँदै गएको छ। इजरायली वायुसेनाले तेहरानस्थित एक विमानस्थलमा रहेका दुई इरानी ँ(ज्ञद्ध टमक्याट्स लडाकु विमान नष्ट गरेको दाबी गरेको छ। इजरायलले ती विमानहरू उसमाथि आक्रमण गर्न प्रयोग हुन सक्ने भन्दै निशाना बनाएको हो।
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
इजरायल र इरानबीचको तनाव चुलिँदै गएको छ। इजरायली वायुसेनाले तेहरानस्थित एक विमानस्थलमा रहेका दुई इरानी ( एफ १४) लडाकु विमान नष्ट गरेको दाबी गरेको छ। इजरायलले ती विमानहरू उसमाथि आक्रमण गर्न प्रयोग हुन सक्ने भन्दै निशाना बनाएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार इजरायली सेनाले सार्वजनिक गरेको भिडियोमा ती विमानहरूमा आगो लागेको देखिन्छ। इजरायली वायुसेनाको भनाइ अनुसार, अहिले उसले तेहरानमाथि हवाई नियन्त्रण कायम गरेको छ, जसका कारण नजिकबाट आक्रमण गर्न सक्ने स्थिति बनाएको हो।
यसैबीच, इरानी राज्य सञ्चारमाध्यमहरूले इजरायलमाथि नयाँ चरणको क्षेप्यास्त्र आक्रमण सुरु भएको जानकारी दिएका छन्। इरानबाट इजरायलतर्फ नयाँ क्षेप्यास्त्र प्रक्षेपण गरिएको बताइएको छ।
दुवै देशबिचको यो तनावपूर्ण स्थिति गहिरिँदै गएको छ र स्थिति थप जटिल बन्दै गएको सङ्केत देखिएको छ।
काठमाडौँ। इरानको राजधानी तेहरानमा रहेको राष्ट्रिय प्रसारण सेवाको भवनमा आक्रमण हुँदा एक सरकारी टिभी कर्मचारीको मृत्यु भएको छ। इरानको सरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार आक्रमण इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कको भवनमा भएको थियो।
मृतकको परिचय मसौमेह आजिमीको रूपमा गरिएको छ, जो इस्लामिक रिपब्लिक अफ इरान ब्रडकास्टिङमा कार्यरत थिइन्। घटनाको भिडियोमा स्टुडियोमै मिसाइल प्रहार हुँदा समाचार प्रस्तोता बिचमै रोकिन परेको देखिन्छ।
इरानको सरकारी विवरण अनुसार शुक्रबारदेखि इजरायलद्वारा सुरु भएको हवाई आक्रमणमा अहिलेसम्म २२४ जना मारिएका छन्। इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यालयले इरानको जवाफी हमलामा इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको जनाएको छ।एनबीसी न्यूज
काठमाडौँ । अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानसँगको पछिल्लो युद्ध भड्काएको आरोप लगाएका छन्।
स्यान्डर्सले एक्स एक्स मा लेख्दै भने, ‘नेतन्याहूले इरानमाथि आक्रमण गरेर यो युद्ध सुरु गरे। उनले जानाजान इरानका प्रमुख आणविक वार्ताकार अली शामखानीको हत्या गरे र अमेरिका–इरान वार्तामा बाधा पुर्याए।’
गाजामा इजरायलको आक्रमणको पनि आलोचना गर्दै आएका स्यान्डर्सले थपे, ‘अमेरिकालाई नेतन्याहूको अवैध युद्धमा तानिनु हुँदैन – न सैनिक रूपमा न आर्थिक रूपमा।’
काठमाडौँ। इरान र इजरायलबिच क्षेप्यास्त्र प्रहार जारी रहँदा दुवै देशका नागरिकहरूले आफ्नो मोबाइलमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त गरिरहेका छन्।
इरानी नागरिकहरूले इराकी नम्बरहरूबाट फोन प्राप्त गरिरहेका छन् जसमा उनीहरूलाई अत्यावश्यक सामग्री जम्मा गर्न निर्देशन दिइएको रेकर्ड गरिएको सन्देश पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एनबीसीले जनाएको छ।
सोमबार, इजरायलको राष्ट्रिय साइबर निर्देशनालये पनि इजरायली नागरिकहरूलाई लक्षित गरी पठाइएको टेक्स्ट सन्देशहरूबारे चेतावनी दिएको छ। ती सन्देशहरूमा इन्धनको अभाव भएको र नागरिकहरूले आश्रयस्थल नखोज्न भनी झुटो सूचना दिइएको थियो।
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबिचको तनाव कम गर्नका लागि प्रस्तावित न्ठ संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने भएका छन्।
ह्वाइट हाउसका एक अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एनबीसीलाई बताए अनुसार, राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा अमेरिका फेरि विश्वमा शान्ति स्थापना गर्ने प्रयासको अगुवाइ गरिरहेको छ। उनले इरानले कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नपाओस् भन्ने कुरामा निरन्तर काम गर्दै जानेछन्।’’
काठमाडाैँ । इजरायली सेनाले तेहरानस्थित इरानी सरकारी टेलिभिजनको कार्यालयमा आक्रमण गरेको पुष्टि गर्दै इजरायलका रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
यस घटनापछि पत्रकारको सुरक्षा र स्वतन्त्रताको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था कमयुनीटी टू प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले उक्त आक्रमणको कडा निन्दा गरेको छ।
मध्यपूर्व क्षेत्रका लागि ऋएव् क्षेत्रीय निर्देशक सारा कुदाहले भनिन्, ‘इरानको सरकारी टेलिभिजन च्यानललाई लाइभ प्रसारण भइरहेका बेला आक्रमण गर्नु अत्यन्तै निन्दनीय छ। गाजामा २०० जना पत्रकारको ज्यान लिएको इजरायली दण्डहीनता अहिले अरू देशका सञ्चारमाध्यममाथि पनि आक्रमण गर्न प्रयोग भइरहेको छ। यो रक्तपात अब तुरुन्त रोकिनुपर्छ।’