सर्वोच्च अदालतबाट जमानत पाएपछि आप नेता सञ्जय सिंह रिहा
बिहीबार, २२ चैत २०८०, ०९ : ५६
नयाँ दिल्ली । आम आदमी पार्टीका सांसद सञ्जय सिंह रिहा भएका छन् । बुधबार राति ८ बजेतिर तिहार जेलबाट बाहिरिएका हुन् ।
सञ्जय सिंहलाई सर्वोच्च अदालतले मंगलबार धरौटीमा रिहा गरेको थियो । सञ्जय सिंह अक्टोबर २०२३ देखि जेलमा थिए। दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा ईडीको टोलीले सञ्जय सिंहलाई पक्राउ गरेको थियो।
जेलबाट बाहिर आएपछि सञ्जय सिंहले आफ्ना समर्थकलाई अभिवादन गरेका थिए । सञ्जय सिंहले गाडीको छतमा चढेर भने, ‘जसलाई जेलमा राखिएको छ । कारागारको ताला टुट्छ भन्नेमा मलाई पूर्ण विश्वास छ...' । उनले भने– यो खुसीयाली मनाउने समय होइन, यो संघर्षको समय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण