सर्वोच्च अदालतबाट जमानत पाएपछि आप नेता सञ्जय सिंह रिहा
बिहीबार, २२ चैत २०८०, ०९ : ५६

नयाँ दिल्ली । आम आदमी पार्टीका सांसद सञ्जय सिंह रिहा भएका छन् । बुधबार राति ८ बजेतिर तिहार जेलबाट बाहिरिएका हुन् ।
सञ्जय सिंहलाई सर्वोच्च अदालतले मंगलबार धरौटीमा रिहा गरेको थियो । सञ्जय सिंह अक्टोबर २०२३ देखि जेलमा थिए। दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा ईडीको टोलीले सञ्जय सिंहलाई पक्राउ गरेको थियो।
जेलबाट बाहिर आएपछि सञ्जय सिंहले आफ्ना समर्थकलाई अभिवादन गरेका थिए । सञ्जय सिंहले गाडीको छतमा चढेर भने, ‘जसलाई जेलमा राखिएको छ । कारागारको ताला टुट्छ भन्नेमा मलाई पूर्ण विश्वास छ...' । उनले भने– यो खुसीयाली मनाउने समय होइन, यो संघर्षको समय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग
-
गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन
-
एन्फाको साधारण सभामा भाग लिन गणेश थापालाई बाटो खुला
-
उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी