बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम-२ मा माओवादीले उम्मेदवारी नदिने

बिहीबार, २२ चैत २०८०, ११ : ४८
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले सङ्केत गरे ।

यद्यपि माओवादी केन्द्रका महासचिव देव गुरुङले यस विषयमा एमाले र माओवादीबिच कुनै सहमति नभएको रातोपाटीलाई बताए । उनले वामपन्थीहरूबिच सहमति भए त्यहीअनुसार निर्णय हुने जानकारी दिए । 

‘लेफ्टहरूबिच सहमति भएमा त्यहीअनुसार हुन्छ । अहिलेसम्म सहमतिबारे लिखित सम्झौता भएको छैन’, उनले भने ।  तर माओवादीबाट इलाम-२ का उम्मेदवारी दिने तयारी गरेका धीरेन्द्र शर्माले उम्मेदवारी नदिने  निर्णय भएको जानकारी आफूलाई प्रदेश इन्चार्जबाट आएको बताए । 

‘प्रदेश इन्चार्जले उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिनुभएको छ । त्यही अनुसार एमालेका उम्मेदवारलाई जिताउन लाग्छौँ’, उनले भने ।  वैशाख १५ गते हुने उपनिर्वाचनमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपनिर्वाचनका लागि २४ गते मनोनयन दर्ता गर्ने कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप