इलाम-२ मा माओवादीले उम्मेदवारी नदिने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले सङ्केत गरे ।
यद्यपि माओवादी केन्द्रका महासचिव देव गुरुङले यस विषयमा एमाले र माओवादीबिच कुनै सहमति नभएको रातोपाटीलाई बताए । उनले वामपन्थीहरूबिच सहमति भए त्यहीअनुसार निर्णय हुने जानकारी दिए ।
‘लेफ्टहरूबिच सहमति भएमा त्यहीअनुसार हुन्छ । अहिलेसम्म सहमतिबारे लिखित सम्झौता भएको छैन’, उनले भने । तर माओवादीबाट इलाम-२ का उम्मेदवारी दिने तयारी गरेका धीरेन्द्र शर्माले उम्मेदवारी नदिने निर्णय भएको जानकारी आफूलाई प्रदेश इन्चार्जबाट आएको बताए ।
‘प्रदेश इन्चार्जले उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिनुभएको छ । त्यही अनुसार एमालेका उम्मेदवारलाई जिताउन लाग्छौँ’, उनले भने । वैशाख १५ गते हुने उपनिर्वाचनमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपनिर्वाचनका लागि २४ गते मनोनयन दर्ता गर्ने कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण