मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बिहीबार, २२ चैत २०८०, १२ : ३९
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका-३ मैटहवास्थित सडकमा लु.२ ख ५७५३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय चन्द्रेश्वर चालिसेको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता  पाँचथरको फिदिम नगरपालिका-४ टोर्केडाँडास्थित सडकमा प्र.१-०१-००२ प ०२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक मोरङ जहदा गाउँपालिका-२ बस्ने ३० वर्षीय विक्रम कुमार राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यता दार्चुलाको महाकाली नगरपालिका-३ स्थित सडकमा सु.प.प्र.०२००२ त १५९२ को ट्याक्टरबाट खसेर सोही नगरपालिका-३ मानाकोट बस्ने ४० वर्षीय हरक सिंह नगालको बुधबार राति मृत्यु भएको छ ।  ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप