अर्थतन्त्रको बाह्य क्षेत्र बलियो बन्दै, ८ महिनामा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्बले बचतमा
काठमाडौँ । अर्थतन्त्रको आन्तरिक स्थिति खासै सुधार हुन नसकिरहेका बेला बाह्य स्थिति भने निकै आक्रामक बनेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको ब्यालेन्स अफ पेमेन्ट (बीओपी) अर्थात् शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहन सफल भएको हो ।
अघिल्लो वर्षको यसै अवधिमा यस्तो बीओपी १ खर्ब ४२ अर्ब रुपैयाँले मात्र बचतमा रहेको थियो । खासगरी पछिल्लो समय बढेको विदेशी मुद्राको विप्रेषण आप्रवाह (रेमिट्यान्स), अन्य सेवा आय तथा घटेको आयातले गर्दा शोधनान्तर स्थिति प्लसमा गएको हो ।
त्यसो शोधनान्तर स्थिति राम्रो भएसँगै समीक्षा अवधिमा यता मुलुकको चालु खाता समेत राम्रै बचतमा गएको छ । केन्द्रीय बैंकका अनुसार फागुन मसान्तसम्म मुलुकको चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २५ करोडले बचतमा रहेको छ ।
तथापि, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोड रुपैयाँले धनात्मक रहेको केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५अर्ब ५८ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड रुपैयाँले ले धनात्मक रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण