गोल बजार मेयर कपको उपाधि झापालाई
सिराहा । सिराहा सातौँ गोल बजार मेयर गोल्डकप २०८० को उपाधि चात्यासा फुटबल क्लब झापाले उचालेको छ । गुरु धाम फुटबल क्लब, सिराहा र चात्या सा फुटबल क्लब झापाबिच भएको फाइनल खेलमा १ का विरुद्ध ४ गोल गर्दै झापाले उपाधि हात पार्न सफल भएको हो ।
चात्या सा फुटबल क्लब, झापाका लागि जर्सी नम्बर ११ का खेलाडी जय गुरु, जर्सी नम्बर ८ का पारस कार्की, ३ का रोशन धिमाल र जर्सी नम्बर ९ का शिशिर लेखीले १–१ गोल गरेर जित हात पारेको आयोजक पक्षले बताएको छ ।
प्रतियोगितामा प्रथम भएको टिम झापाले तीन लाख ५१ हजार नगदसहित ट्रफी प्राप्त गरेको छ । प्रथम हुने टिमलाई पूर्व मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य लीलानाथ श्रेष्ठले ट्रफी प्रदान गरेका हुन् ।
प्रतियोगितामा दोस्रो हुने टिम गुरु धामले दुई लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ । फाइनल खेलमा गुरु धाम फुटबल क्लब सिराहाका तर्फबाट जर्सी नम्बर १५ का खेलाडी यनीले १ गोल मात्र गरेका थिए ।
बिहीबारको खेलको म्यान अफ दी म्याच झापाका पारस कार्की घोषित भएका छन् । प्रतियोगिता अवधिभरका बेष्ट गोलकिपर झापाका अनीश लिम्बु, वेस्ट डिफेन्डर ४ नम्बर जर्सीका खेलाडी गौरव श्रेष्ठ, मिड फिल्डर ९ नम्बर जर्सीका शिशिर लेखी र फरवार्ड जर्सी नम्बर ११ का खेलाडी जय गुरुङ घोषित भएको आयोजक पक्षले जनाएको छ ।
प्रतियोगिता अवधिभरका सर्वोत्कृष्ट खेलाडी गुरु धामका कुलदीप कार्की घोषित भए भने सबैभन्दा धेरै गोलकर्ता यानी घोषित भए । प्रतियोगितामा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, गोल बजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ, उपप्रमुख मानती साह लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण