सुनसरीको भुटाहामा झडप नियन्त्रण गर्न प्रहरीले चलायो गोली
विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत केशव खतिवडाले कफ्र्यु (निषेधाज्ञा) उल्लंघन भएपछि अश्रुग्याँस र हवाई फायर गरेको उनले बताए ।
‘अहिलेसम्ममा आधा दर्जनको हाराहारीमा हवाई फायर र अश्रुग्याँस छोडिएको छ । मानवीय नोक्सानी र सार्वजनिक सम्पत्तीको नोक्सानी रोक्न बल प्रयोग गरेको हो । भीड नियन्त्रणका लागि हामीले सुरक्षाकर्मीहरु परिचालन गरेका छौं । अहिलेसम्म कोही पनि घाइते भएको जानकारीमा आएको छैन,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेलाजम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न र नगराउन उल्लेख छ ।
सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबीच बढेको विवादले उग्र रुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
-
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
-
घाँसको बीउ उत्पादन
-
गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण