आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बद्री पंगेनीले गायिका चन्दालाई ‘पिरिम लगाम कान्छी’ भने पछि...

शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । लोकप्रिय गायक बद्री पंगेनी र गायिका चन्दा अर्यालको नयाँ नेपाली लोकगीत ‘पिरिम लगाम कान्छी’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । सुदीप सागरको एरेन्ज रहेको गीतमा कोरस गायक प्रदीप त्रिपाठी, श्रीकृष्ण बम मल्ल, बन्दना पाण्डे र अनु रोक्का मगरको छ । 

मनमोहक शैलीमा तयार गीतमा एक युवाले युवतीलाई प्रेम लगाउन अनुरोध गरेका शब्दहरू छन् । बद्री पंगेनीको आधिकारिक युट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको छ । अर्याल र पंगेनीको यसअघि ‘खान्न म त पिँडालु कोक्यायो’ बोलको गीत आएको थियो । जसलाई दर्शकले रुचाएका थिए ।

गीतको भिडियोमा पल शाह, उषा उप्रेती र सामिया कार्कीको अभिनय देख्न सकिन्छ । काजिश श्रेष्ठको निर्देशन कोरियोग्राफी रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया