बढ्यो सामसङको नाफा
एजेन्सी । सामसङ इलेक्ट्रोनिक्सको नाफामा उल्लेख्य रुपमा वृद्धि भएको छ । । कम्पनीका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो त्रैमासमा उल्लेख्यरुपमा नाफा बढेको हो । यसले सन् २०२३ को व्यापारको तुलनामा ‘रिकभरी’ गर्ने आशा देखिएको कम्पनीको भनाई छ ।
यो वर्षको जनवरीदेखि मार्चसम्मको अवधिमा कोरियाली प्रविधि कम्पनी सामसङको नाफा ४.९ बिलियन अमेरिकी डलरले बढेको छ । यो अघिल्लो पटकको भन्दा अत्याधिक बढी हो । यसअघि, कम्पनीले पहिलो त्रैमासमा ५.४ ट्रिलियन वनको नाफा अनुमान गरेको थियो । जबकी ६.६ ट्रिलियन वन कमाई भएको छ ।
यतिबेला सामसङ विश्वकै सबैभन्दा ठूलो चिप उत्पादक हो । र, कम्पनीको व्यापार कम्तिमा ११ प्रतिशतले बढेको छ । जुन, ७१ ट्रिलियन कोरियाली वन हो । यसबाहेक थप जानकारी भने कम्पनीबाट आएको छैन । कम्पनीले पहिलो त्रैमासको कमाईबारे विस्तृत जानकारी अप्रिल महिनाभरीमा दिने अनुमान गरिएको छ ।
अघिल्लो वर्ष बजारमा आएको अप्रत्यासित मागको गिरावट लगायतका कारण कम्पनीको व्यापार उत्कृष्ट थिएन । तर यो वर्षको सुरुवातसँगै कम्पनीले विश्वव्यापीरुपमा एआई टूलसहितको नयाँ स्मार्टफोन सार्वजनिक गर्यो । जसले यतिबेला कम्पनीको व्यापार बढ्दो क्रममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण