इलाम २ मा ७ जनाको उम्मेदवारी दर्ता, अन्य ५ उम्मेदवार दर्ता प्रक्रियामा

काठमाडौँ । अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार दिउँसो साढे २ बजेसम्म ७ जनाको उम्मेदवारी दर्ता भएको छ । इलाम क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेकाअनुसार हालसम्म जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेसनका मनेबहादुर लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।
साना दलहरूको गठबन्धनबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले पनि मनोनयन दर्ता गरेका छन् । नेकपा एकीकृतबाट जितबहादुर राई र नेकपा एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाली कांग्रेस र केही स्वतन्त्र उम्मेदवारहरू मनोनयन दर्ता गर्ने प्रक्रियामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी