शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बझाङ प्रदेश सभा-१ मा कांग्रेसका अभिषेक सिंहसहित ६ जनाको उम्मेदवारी दर्ता

शनिबार, २४ चैत २०८०, १५ : ०४
शनिबार, २४ चैत २०८०

बझाङ । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । दिउँसो ३ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंहको उम्मेदवारी दर्ता भएको हो । 

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट दिल सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । 

यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले रातोपाटीलाई जानकारी दिएका छन् । अन्य केही उम्मेदवारहरू मनोनयन दर्ताको क्रममा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप