बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा बन्धक बनाइएका एक जनाको शव फेला

शनिबार, २४ चैत २०८०, २० : ११
शनिबार, २४ चैत २०८०

तेल अभिभ । इजरायली सेनाले गाजा पट्टीको खान युनिस सहरमा रातभरको कारबाहीपछि बन्धक बनाएर गाजा लगिएको एक व्यक्तिको शव फेला पारेको जनाएको छ। इलाद कात्जिर नामका व्यक्तिलाई गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलको किबुट्ज निर ओजबाट हमास लडाकुहरूले बन्धक बनाएर गाजा पट्टी लगेका थिए।

इजरायलको सेना (आईडीएफ) र इजरायल सेक्युरिटीज अथोरिटी (आईएसए) ले बरामद गरेको शव इजरायलमा फिर्ता ल्याइएको बताएको छ। स्वास्थ्यकर्मीले शव पहिचान गरी परिवारलाई खबर गरेका छन् ।

‘अपहरण गरिएका इलाद कात्जिरको शव रातारात खान युनिसबाट बरामद गरी इजरायली क्षेत्रमा ल्याइयो,’ आईडीएफ र आईएसएले एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेको छ। आतंकवादी संगठन इस्लामिक जिहादले बन्धक बनाएर उनको हत्या गरेको उनीहरूको दाबी छ ।

विज्ञप्तिमा ‘सही’ गुप्तचर सूचना प्रयोग गरेर उनको शव फेला परेको भनिएको छ । ४७ वर्षीय इलाद कात्जिरलाई उनकी ७७ वर्षीया आमा हन्नासँगै अपहरण गरिएको थियो । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप