गाजामा बन्धक बनाइएका एक जनाको शव फेला
तेल अभिभ । इजरायली सेनाले गाजा पट्टीको खान युनिस सहरमा रातभरको कारबाहीपछि बन्धक बनाएर गाजा लगिएको एक व्यक्तिको शव फेला पारेको जनाएको छ। इलाद कात्जिर नामका व्यक्तिलाई गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलको किबुट्ज निर ओजबाट हमास लडाकुहरूले बन्धक बनाएर गाजा पट्टी लगेका थिए।
इजरायलको सेना (आईडीएफ) र इजरायल सेक्युरिटीज अथोरिटी (आईएसए) ले बरामद गरेको शव इजरायलमा फिर्ता ल्याइएको बताएको छ। स्वास्थ्यकर्मीले शव पहिचान गरी परिवारलाई खबर गरेका छन् ।
‘अपहरण गरिएका इलाद कात्जिरको शव रातारात खान युनिसबाट बरामद गरी इजरायली क्षेत्रमा ल्याइयो,’ आईडीएफ र आईएसएले एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेको छ। आतंकवादी संगठन इस्लामिक जिहादले बन्धक बनाएर उनको हत्या गरेको उनीहरूको दाबी छ ।
विज्ञप्तिमा ‘सही’ गुप्तचर सूचना प्रयोग गरेर उनको शव फेला परेको भनिएको छ । ४७ वर्षीय इलाद कात्जिरलाई उनकी ७७ वर्षीया आमा हन्नासँगै अपहरण गरिएको थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण