मासु चोरी रोक्न जीपीएस लोकेटर प्रयोग गर्दै सुपरमार्केट
सिड्नी । दक्षिण अस्ट्रेलियाको एउटा सुपरमार्केट चेनले महँगा खालका मासुको चोरीचकारी रोक्न जीपीएस लोकेटर राख्न सुरु गरेको छ । पसलमा आउने ग्राहकहरूले पैसा नतिरी खुसुक्क मासु उठाएर लाने क्रम बढेपछि ड्रेकले १३ हप्ताको लागि यो परीक्षण थालेको हो । यो परीक्षण अहिले तेस्रो हप्तामा छ । परीक्षण सफल भयो भने सुपरमार्केटले देशभर यसलाई विस्तार गर्ने बताइएको छ ।
ड्रेकले धेरै मूल्य पर्ने मासुका प्रडक्टलाई जीपीएस लोकेटरयुक्त बट्टामा राख्न थालेको छ । पोलपोलीकार्बोनेट केस प्रायः महँगा खालका सामानका लागि मात्रै प्रयोग गर्ने गरिएको छ । तर मासुका लागि यी केस प्रयोग गर्ने ड्रेक अस्ट्रेलियाको पहिलो सुपरमार्केट चेन हो । वाग्यु लगायत मिट प्रडक्टलाई लक्जरी प्रडक्टको रूपमा लिइन्छ ।
एक थान पोलपोलीकार्बोनेट केसकै ३५ डलर पर्छ । किलोकै ५० देखि सय डलर पर्ने मासुका लागि ड्रेकले यी केस प्रयोग गरिरहेको छ । दक्षिण अस्ट्रेलिया र क्विन्सल्यान्डमा रहेको ६७ ओटा आउटलेटबाट बर्सेनि १ करोड २० लाख मूल्य बराबरको मासु चोरी हुने गरेको ड्रेकको दाबी छ । जीपीएस लोकेटरको प्रयोगले यो क्षति कम हुने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण