लागुऔषध कारोबार रोक्न भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता
सुदूरपश्चिम । नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठकमा लागुऔषधको कारोबार रोक्नका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भारतको उत्तर प्रदेशस्थित लखिमपुर (खिरी) जिल्लाको पलियामा शनिबार बसेको बैठकमा सीमा क्षेत्रबाट हुनेगरेको लागुऔषधको कारोबार रोकथाममा भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।
खुला सीमाका कारण भारतीय क्षेत्रबाट लागुऔषध कैलाली सहितका जिल्लामा भित्रिने गरेको छ । प्रहरीले लागुऔषध कारोबार र सेवनमा लाग्नेलाई धमाधम पक्राउ गरेपनि समस्या समाधान हुनसकेको छैन । केही हप्तापछि भारतमा हुन लागेको लोकसभाको चुनावलाई मध्यनजर गरी बसेको बैठकमा सीमा क्षेत्रमा नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट बेलाबखत हुने दुव्र्यवहार रोक्नुपर्ने नेपाली पक्षले कुरा उठाएका थिए ।
“बैठकमा मैले नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट हुने गरेको दुव्र्यवहार रोक्नुपर्ने कुरा उठाएँ, भारतीय पक्षले यस्तो हुन नदिने प्रतिवद्धता गर्नुभयो,” प्रमुख जिल्ला अधिकारी मिश्रले भने, “बैठकमा भारतमा हुन लागेको चुनावको ७२ घन्टा अघि सीमा सिल गर्ने, एम्बुलेन्स लगायतका अति आवश्यक सवारी साधनको आवागमनमा भने रोक नलगाउने, चुनावको बेला सीमामा कुनै अवाञ्छित गतिविधि हुन नदिन निगरानी गर्ने, वन तथा वन्यजन्तु र व्यापारिक मालसामनको चोरी तस्करी नियन्त्रणमा मिलेर काम गर्ने समझदारी भएको छ ।”
बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न प्रहरीको तल्लो तहसम्म सूचना आदानप्रदान गर्ने विषयमा प्रतिबद्धता गरिएको छ । बैठकमा नेपालको तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्र, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, दुवै जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, कैलाली भन्सार कार्यालय, वन डिभिजन कार्यालय प्रमुखको सहभागिता रहेको थियो ।
भारतको तर्फबाट उत्तर प्रदेश, लखिमपुर (खिरी) जिल्लाको डिस्ट्रिक मजिष्ट्रेट (जिल्ला अधिकारी) महेन्द्रबहादुर सिंह, सहायक डिस्ट्रिक मजिष्ट्रट, सीमा सुरक्षा बल (एसएसबि), का प्रमुख लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण