देउवा, ओली, प्रचण्ड र लामिछानेसँग सभामुख घिमिरेले छलफल गर्ने
काठमाडौँ । प्रमुख प्रतिपक्षको मागबारे छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा प्रमुख प्रतिपक्षले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले सोमबार बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् । अधिकारीका अनुसार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको हो ।
घिमिरेले आइतबार चार जना नेतासँग टेलिफोनमा कुरा गरेर छलफलको समय निर्धारण गरेका हुन् ।
गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते मंगलबार बोलाइएको छ । सत्तारुढ दलले कांग्रेसको माग अनुसार समिति गठन नहुने बताउँदै आएका छन् । कांग्रेसले विगत एक महिनायता निरन्तर लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ ।
यसैबिच सरकारले यही साता हिउँदे अधिवेशन अन्त्य गर्नै तयारी गरेको छ । स्रोतका अनुसार आगामी बिहीबारको मन्त्रिपरिषद् बैठकमार्फत हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी छ । जेठ १५ मा बजेट पेस गर्नुपर्ने भएकाले सो अगावै वर्षे अधिवेशन आह्वान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण