आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सिंहदरबारमा सभामुख र चार दलका नेताबिच छलफल

सोमबार, २६ चैत २०८०, १५ : ०८
सोमबार, २६ चैत २०८०

काठमाडौँ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र चार दलका शीर्ष नेताबिच छलफल भएको छ । 

संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि सभामुखले दलका नेताहरूसँग छलफल गरेका हुन् । 

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक तथा रास्वापाका प्रमुख सचेतक सन्तोश परियार सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप