मोजाम्बिकमा डुंगा डुब्दा ९६ जनाको मृत्यु, कयौँ बेपत्ता
एजेन्सी । पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुब्दा ९६ जनाको मृत्यु भएको छ । मर्नेमध्ये अधिकांश बालबालिका भएको बताइएको छ । बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए ।
यो भनेको डुंगाको क्षमताभन्दा बढी थियो । ५ जनालाई बचाउन सकिए पनि धेरै बेपत्ता रहेको खोजी कार्य जारी भएको बताइएको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
स्थानीय सञ्चारमाध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो । डुङ्गा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको नाम्पुला सचिव जेमे नेटोले भनेका छन् ।
डुंगामा सवार सबै मानिस हैजाबाट बच्न बसाई सरेर जाँदै थिए । घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी भिडियोहरूमा मानिसहरूको उद्धार भइरहेको र समुद्रको किनारमा धेरै शवहरू देख्न सकिन्छ ।
१५ महिनामा हैजाका १३ हजारभन्दा बढी मामिला
जनवरी २०२३ देखि अफ्रिकाका धेरै देशहरूमा हैजा रोग फैलिएको छ । मोजाम्बिकको नामपुला प्रान्त सबैभन्दा बढी प्रभावित प्रान्तमध्ये एक हो ।
हैजा फैलनुको मुख्य कारण दूषित खाना र पानी भएको बताइएको छ । युनिसेफका अनुसार हालको प्रकोप २५ वर्षमा सबैभन्दा घातक हो ।
मोजाम्बिकमा अक्टोबर २०२३ देखि हैजाका १३ हजार ७०० मामिला भेटिएका छन् । यी मध्ये ३० जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण