आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मोजाम्बिकमा डुंगा डुब्दा ९६ जनाको मृत्यु, कयौँ बेपत्ता

सोमबार, २६ चैत २०८०, १६ : ३२
सोमबार, २६ चैत २०८०

एजेन्सी । पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुब्दा ९६ जनाको मृत्यु भएको छ । मर्नेमध्ये अधिकांश बालबालिका भएको बताइएको छ । बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए ।

यो भनेको डुंगाको क्षमताभन्दा बढी थियो । ५ जनालाई बचाउन सकिए पनि धेरै बेपत्ता रहेको खोजी कार्य जारी भएको बताइएको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

स्थानीय सञ्चारमाध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो । डुङ्गा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको नाम्पुला सचिव जेमे नेटोले भनेका छन् ।

डुंगामा सवार सबै मानिस हैजाबाट बच्न बसाई सरेर जाँदै थिए । घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी भिडियोहरूमा मानिसहरूको उद्धार भइरहेको र समुद्रको किनारमा धेरै शवहरू देख्न सकिन्छ ।

१५ महिनामा हैजाका १३ हजारभन्दा बढी मामिला

जनवरी २०२३ देखि अफ्रिकाका धेरै देशहरूमा हैजा रोग फैलिएको छ । मोजाम्बिकको नामपुला प्रान्त सबैभन्दा बढी प्रभावित प्रान्तमध्ये एक हो ।

हैजा फैलनुको मुख्य कारण दूषित खाना र पानी भएको बताइएको छ । युनिसेफका अनुसार हालको प्रकोप २५ वर्षमा सबैभन्दा घातक हो ।

मोजाम्बिकमा अक्टोबर २०२३ देखि हैजाका १३ हजार ७०० मामिला भेटिएका छन् । यी मध्ये ३० जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप