भारत घुम्न गएका ७ नेपालीको मृत्यु
भारतको उत्तराखन्ड राज्यको नैनीताल जिल्लामा घुम्न गएका भनिएका ७ नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । मंगलबार नेपालीहरू सवार गाडी नदीमा खसेको समाचार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले छापेको छ । दुर्घटनास्थल बेताघाट नजिक भएको बताइएको छ ।
गाडी अनियन्त्रित भई सडकबाट १५० फिट तल खसेको थियो । यस घटनामा ७ नेपालीबाहेक भारतीय नागरिकको पनि मृत्यु भएको छ । गाडीमा सवार अरू २ नेपाली घाइते भएका छन् । उनीहरूलाई तत्कालै अस्पताल लगिएको समाचारमा उल्लेख छ । घटनाबारे जानकारी पाएपछि राज्यस्तरीय विपद् प्रतिक्रिया समूह (एसडीएफआर) तत्कालै घटनास्थलमा पुगेको थियो ।
मृतक सबै जना कञ्चनपुरको महेन्द्रनगरका बासिन्दा भएको बताइएको छ । दुघर्टना भएको समयमा उनीहरू नेपाल फर्कन लागेको बताइएको छ । मृत्यु हुने भारतीय नागरिक चालक भने बेतालघाटकै स्थानीय बासिन्दा राजेन्द्र कुमार भएको समाचारमा उल्लेख छ । यस घटनापछि उत्तरखन्डका मुख्य मन्त्री पुष्कर सिंह धामीले एक्समा एउटा पोस्ट गर्दै मृतकहरूप्रति समवेदना व्यक्त गरेका छन् ।
यसैबीच हिन्दुस्तान टाइम्सले भने मर्नेहरू सबै भारतमै काम गर्ने कामदार भएको उल्लेख गरेको छ । मर्नेहरू ५० वर्षको विश राम, ४५ वर्षको धीरज, ४० वर्षका अनन्त राम चौधरी, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षको उदय राम चौधरी, ४५ वर्षका तिलक राम चौधरी र ६० वर्षका गोपाल भएको समाचारमा उल्लेख छ । घाइतेहरूको नाम शान्ति चौधरी र छोटु चौधरी रहेको बताइएको छ । यसबारे नेपाली पक्षबाट कुनै जानकारी प्राप्त भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण