मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा ट्याक्सी दुर्घटना, ६ जना घाइते

बुधबार, २८ चैत २०८०, १० : ५३
बुधबार, २८ चैत २०८०

बुटवल । अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको  पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो। 

घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको  पाणिनी गाउँपालिका–८ का अध्यक्ष रोमनाथ पाण्डेले बताए । दुर्घटनामा परि २ जना बच्चा सहित ६ जना घाइते भएका छन् ।

गाडी सडकबाट अन्दाजी  २०० मोटर तल खसेको थियो । घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको  छ। घाइतेहरू कास्की जिल्लाकै रहेको खुलेका छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप