मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ र कैलालीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बुधबार, २८ चैत २०८०, १२ : ४३
बुधबार, २८ चैत २०८०

काठमाडौँ । दाङ र कैलाली जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका-१७ बेलबासस्थित सडकमा ना.६ ख १४८६ नम्बरको बसले लु.४१ प ८०९२ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय सौगात वलीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कैलालीको गोदावरी नगरपालिका-३ दमौरास्थित सडकमा सु.प.प्र.०१००८ प २७४५ नम्बरको मोटरसाइकल मंगलबार राति अनियन्त्रित भई  दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप