मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा २६ हजार पटक उठबस, बन्यो विश्व कीर्तिमान

बुधबार, २८ चैत २०८०, १४ : ४९
बुधबार, २८ चैत २०८०

इलिनोइस । अमेरिकामा एक पुरुषले २४ घण्टामा २६ हजारभन्दा धेरै पटक उठबस गरेर विश्व कीर्तिमान बनाएका छन् । अप्रिल ५ मा बिहान ५ बजे इलिनोइसको डेकाटुरका टोनी पिराइनोले उठबस गर्न सुरु गरेका थिए । यो क्रम अप्रिल ६ को ५ बजेसम्म चल्यो । २४ घण्टाको अन्तरालमा उनले २६ हजार पटक उठबस गरेका थिए ।

योसँग सन् २०२० मा रहेडे टापुका जोए रेभेर्देसको रेकर्ड तोडिएको छ । आफ्नो लक्ष्य पूरा गर्न कुनै बाधा नआओस् भनेर पिराइनोले हरेक २२ पटक उठबस गरेपछि ३० सेकेन्डको विराम लिएका थिए । पछि पछि भएपछि उनले विराम अवधि झनै बढाए । टन्नै इनर्जी ड्रिङ्कस खाए अनि काइर्बोहाइड्रेट्स टन्नै पाइने खाजा पनि खाइरहे । आधामै उनी थाकिसकेका थिए । तर पनि उनले आफूले सोचेको कुरा भने पूरा गरेरै छाडे ।

६ अप्रिलको बिहान ५ बजेसम्म पिराइनोले २५ हजार उठबसको अघिल्लो रेकर्ड मात्रै तोडेनन् आफ्नो लक्ष्यभन्दा सय पटक बढी उठबस पनि गरे । उनको यो रेकर्डलाई गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गर्न बाँकी छ । आफूले प्रमाणपत्रमा पाउनेमा पिराइनो भने ढुक्क छन् । सन् २०१३ मा खेलाडी डेभिड हगिन्सले १७ घण्टा ४५ मिनेटमा ४ हजार ३० पटक पुल अप्स गरेर रेकर्ड बनाएका थिए । उनैबाट प्रेरित भएर पिराइनोले उठबस गर्न सक्ने आफ्नो क्षमता निरन्तर बढाउँदै लगेको स्थानीय पत्रकारहरूसँगको कुराकानीमा पिराइनोले भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप