स्वास्थ्यकर्मी सवार ट्याक्सी दुर्घटना अपडेट : एक जनाको मृत्यु
पोखरा । अर्घाखाँचीमा बुधबार बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्घाखाँची भूमिका स्थान नगरपालिकाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको अर्घाखाँची अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइतेहरू पोखराका भएको खुलेको छ । पोखरा १२ की ३० वर्षीय सविता अधिकारी, १५ वर्षका प्रज्वल कँडेल, ४२ वर्षकी गीता कँडेल र १० वर्षका जेसन बस्नेत घाइते भएका हुन् । उनीहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।
तीव्र गतिमा गुडिरहेको ट्याक्सी अनियन्त्रित हुँदा सडकबाट खसेको हो । उक्त ट्याक्सी पोखरा आउँदै गर्दा पाणिनी गाउँपालिका ९ कोलडाँडामा दुर्घटना भएको हो । ग३च ४५७४ नम्बरको ट्याक्सी घुम्ती–पाल्पा सडक खण्डको कोलडाँडाको ओरालोमा दुर्घटनामा परेको हो ।
चालक ३४ वर्षका ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीय सम्झना, उनका छोरा इभान्स पनि घाइते छन् । पोखरामा स्वास्थ्यकर्मीका रूपमा कार्यरत उनीहरू अर्घाखाँची घुम्न गएको र कार दुर्घटनामा परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण