आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मी सवार ट्याक्सी दुर्घटना अपडेट : एक जनाको मृत्यु

बुधबार, २८ चैत २०८०, १५ : ०३
बुधबार, २८ चैत २०८०

पोखरा । अर्घाखाँचीमा बुधबार बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्घाखाँची भूमिका स्थान नगरपालिकाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको अर्घाखाँची अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइतेहरू पोखराका भएको खुलेको छ । पोखरा १२ की ३० वर्षीय सविता अधिकारी, १५ वर्षका प्रज्वल कँडेल, ४२ वर्षकी गीता कँडेल र १० वर्षका जेसन बस्नेत घाइते भएका हुन् । उनीहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिमा गुडिरहेको ट्याक्सी अनियन्त्रित हुँदा सडकबाट खसेको हो । उक्त ट्याक्सी पोखरा आउँदै गर्दा पाणिनी गाउँपालिका ९ कोलडाँडामा दुर्घटना भएको हो । ग३च ४५७४ नम्बरको ट्याक्सी  घुम्ती–पाल्पा सडक खण्डको कोलडाँडाको ओरालोमा दुर्घटनामा परेको हो ।

चालक ३४ वर्षका ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीय सम्झना, उनका छोरा इभान्स पनि घाइते छन् । पोखरामा स्वास्थ्यकर्मीका रूपमा कार्यरत उनीहरू अर्घाखाँची घुम्न गएको र कार दुर्घटनामा परेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप