खेलकुद शिक्षा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । खेलकुद शिक्षा सम्बन्धी शैक्षिक कार्यक्रमको विकास गर्ने उद्देश्यसहित बुधवार युवा तथा खेलकुद मन्त्रालय र काठमाडौँ विश्वविद्यालयबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट निमित्त सचिव शिवप्रसाद रेग्मी र काठमाडौँ विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. भोला थापाले हस्ताक्षर गरे ।
भविष्यमा खेलकुद विज्ञान, व्यवस्थापन र शिक्षालाई सँगसँगै लैजान साझेदारी गर्ने उद्देश्यले सम्झौता गरिएको मन्त्रालयले जनाएको छ । सम्झौता पत्रमा विश्वविद्यालयमा खेलकुद सम्बन्धी अध्ययन– अध्यापनका लागि छोटो अवधिको कोर्ससँगै स्नातक, स्नातकोत्तर र विद्यावारिधिका निम्तिसमेत सम्भाव्यताको खोजी गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
‘खेलकुद शिक्षाको क्षेत्रमा आज एउटा नयाँ सुरुआतको साक्षी हुन पाउँदा निकै खुसी लागेको छ । मलाई विश्वास छ आज हामीले काठमाडौँ विश्वविद्यालयसँग मिलेर रोपेको खेल शिक्षाको बिउले कुनै दिन मिठो प्रतिफल दिनेछ,’ हस्ताक्षर कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण