शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खेलकुद शिक्षा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

बुधबार, २८ चैत २०८०, १७ : ४१
बुधबार, २८ चैत २०८०

काठमाडौँ । खेलकुद शिक्षा सम्बन्धी शैक्षिक कार्यक्रमको विकास गर्ने उद्देश्यसहित बुधवार युवा तथा खेलकुद मन्त्रालय र काठमाडौँ विश्वविद्यालयबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट निमित्त सचिव शिवप्रसाद रेग्मी र काठमाडौँ विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. भोला थापाले हस्ताक्षर गरे ।

भविष्यमा खेलकुद विज्ञान, व्यवस्थापन र शिक्षालाई सँगसँगै लैजान साझेदारी गर्ने उद्देश्यले सम्झौता गरिएको मन्त्रालयले जनाएको छ । सम्झौता पत्रमा विश्वविद्यालयमा खेलकुद सम्बन्धी अध्ययन– अध्यापनका लागि छोटो अवधिको कोर्ससँगै स्नातक, स्नातकोत्तर र विद्यावारिधिका निम्तिसमेत सम्भाव्यताको खोजी गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

‘खेलकुद शिक्षाको क्षेत्रमा आज एउटा नयाँ सुरुआतको साक्षी हुन पाउँदा निकै खुसी लागेको छ । मलाई विश्वास छ आज हामीले काठमाडौँ विश्वविद्यालयसँग मिलेर रोपेको खेल शिक्षाको बिउले कुनै दिन मिठो प्रतिफल दिनेछ,’ हस्ताक्षर कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप