छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । मोरङ, अर्घाखाँची र नवलपरासी पश्चिम जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
मोरङको बुढिगंगा गाउँपालिका-१ टपु टोलमा प्र.१-०२-०५०प ६९७३ नम्बरको मोटरसाइकलले रोकी राखेको को.२ ह २०८ नम्बरको सिटी सफारीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-४ खार्जी बस्ने २० वर्षीय करण मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता अर्घाखाँचीको पाणीनी गाउँपालिका-८ पोल डाँडास्थित सडकमा ग.३ च ४५७४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक भूमिकास्थान नगरपालिका-८ किमडाँडा बस्ने ३४ वर्षीय ईश्वरी क्षेत्रीको छोरा ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्दीखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-४ बासखोलामा ना.८ ख ३४०९ नम्बरको टिपरले बा.७२ प ७१५७ नम्बरको मोटरसाइकल, लु.९५ प ८४८८ नम्बरको स्कुटर र ना.७ ख ४९६६ नम्बरको बसलाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँ आबुखैरेनी नगरपालिका-६ बस्ने ३४ वर्षीय उज्ज्वल गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण