आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘ज्वाइँ साब’मा जोडिए कमेडियन हिमेश

बुधबार, २८ चैत २०८०, २० : ३५
बुधबार, २८ चैत २०८०

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीबिच फिल्मका लागि कागजी सम्झौता भएको छ ।

रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा यसअघि जितु नेपाल र नीति शाह अनुबन्धित भइसकेका छन् । 

फिल्ममा राजकुमार पण्डितको निर्माण र वसन्त निरौलाको निर्देशन हुनेछ । फिल्मको छायाङ्कन वैशाखको १५ गतेबाट सुरु हुँदैछ । फिल्म आउँदो वर्षको तिहारमा रिलिज हुनेछ । 

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

हिमेशले यसअघि ‘वर एण्ड बधु’ र ‘शमशेर’ साइन गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप