शहीद धर्मभक्तमा २३ औँ कलेजो प्रत्यारोपण गरिएका व्यक्ति डिस्चार्ज
बिहीबार, २९ चैत २०८०, १७ : २४
काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा २३ औँ कलेजो प्रत्यारोपण गरेका सिन्धुपाल्चोकका ५५ वर्षीय व्यक्ति सकुशल डिस्चार्ज भएका छन् । कलेजो प्रत्यारोपण भएको १० औँ दिनमा उनी सकुशल डिस्चार्ज भएका हुन् । उनलाई २३ वर्षीय छोरीले कलेजो दान दिएकी थिइन् ।
केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्रको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यसवर्ष मात्रै १३ जनाको कलेजो प्रत्यारोपण गरिएको थियो । योसँगै अस्पतालमा कलेजो प्रत्यारोपणले गति लिँदै गएको निर्देशक डा.चन्द्रले बताए ।
केन्द्रमा हालसम्म २३ जनाको दक्ष तथा अनुभवी शल्य चिकित्सकहरूको टोलीबाट सफल कलेजो प्रत्यारोपण हुँदै आएको केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण