दार्चुलामा समयमै पाठ्यपुस्तक
खलङ्गा । दार्चुलामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । वर्षेनी पाठ्यपुस्तकको अभाव हुने यस जिल्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै पाठ्यपुस्तक पुगेको हो ।
आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरूकहाँ पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए । उनका अनुसार निःशुल्क रुपमा उपलब्ध हुने कक्षा १ देखि कक्षा १० सम्मका २२ हजारभन्दा बढी पाठ्यपुस्तक जिल्लाका नौ वटै स्थानीय तहमा पुगिसकेका छन् । यही चैत २० गतेदेखि जिल्लामा पाठ्यपुस्तक भित्रिन थालेको हो ।
“विद्यार्थीले भर्ना हुने बित्तिकै पाठ्यपुस्तक पाउने अवस्था छ, आगामी वैशाख ५ गते पाठ्यपुस्तक दिवसका दिन विद्यार्थीको हातहातमा पुस्तक दिने तयारी छ”, एकाइ प्रमुख पन्तले भने । जिल्लामा कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक उपलब्ध छन् ।
अहिले स्थानीय तहका सबै विद्यालयमा पाठ्यपुस्तक पठाउने काम भइरहेको छ । समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण