बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीमा कम्मर पातलो बनाउन खानुस् यी शीतल खानेकुरा

शुक्रबार, ३० चैत २०८०, ११ : ४७
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । गर्मी महिना सुरु भएको छ । दिउँसो घरबाट निस्कनै नसक्ने गर्मी हुन थालेको छ । गर्मीका कारण आलस्य अनि अल्छीलाग्दो दिनहरू सुरु भएको छ । यस्तो दिनहरूमा शरीरलाई शीतल पनि राख्ने अनि तौल घटाउन पनि उपयोगी हुने केही खानेकुराबारे आजको यस लेखमा हामी कुराकानी गर्नेछौँ ।

काँक्रोः काँक्रो पानीबाट बनेका हुन्छ । यसमा क्यालोरीमा निकै कम हुन्छ । यो शरीरका लागि शीतल त हुन्छ नै वजन घटाउन पनि उत्कृष्ट विकल्प हो । यसमा फाइबर पनि हुन्छ । यसको अघाएको अनि पेट भरिएको महसुस गराउँछ ।  यसलाई सलादमा काटेर, नून खुर्सानी दलेर खाजाको रूपमा, वा स्फूर्तिदायक पेय पदार्थको रूपमा खान सकिन्छ ।

खरबुजा : खरबुजामा पनि निकै रसिलो फल हो, पानीको मात्रा उच्च हुन्छ । यसमा क्यालोरी निकै कम हुन्छ भने भिटामिन र एन्टिअक्सिडेन्टहरूसहित विभिन्न पोषक तत्त्वहरू पनि हुन्छन् । खरबुजालाई टुक्रा पारेर खान सकिन्छ । स्मूदीमा मिसाउन सकिन्छ । चीज र पुदिना हालेर यसको सलाद बनाउन सकिन्छ । यसको सेवन गर्ने कयौँ उपायहरू छन् । यी सबै उपायहरूले तपाईँलाई तरोलाजा राख्न मद्दत गर्छ । खरबुजाको सेवनले गर्मीमा शरीरलाई ताजगी दिन्छ । गर्मीको मौसममा यो अत्यन्तै लाभदायक र स्वादिष्ट फल हो ।

सेलरीः यो एक खालको तरकारी हो । यसको प्रयोग प्रायः सलाद वा सूपमा हुन्छ । यसमा पानी धेरै हुन्छ भने क्यालोरी निकै कम हुन्छ । यसमा फाइबर पनि टन्नै हुन्छ । सेलरीलाई नट बटरसँग वा सलाद वा सूपमा मिसाएर पनि खान सकिन्छ । अन्य तरल फलफूल र तरकारीमा मिसाइएको जुस बनाएर पनि तपाईँ यसको मजा लिन सक्नुहुन्छ।

बेरिज : स्ट्रबेरी, रास्पबेरी र ब्लुबेरीजस्ता फलफूलहरू पनि रसिला हुन्छन् । यसमा क्यालोरीमा कम मात्रामा पाइन्छ । यी फलहरूमा पर्याप्त मात्रामा फाइबर, भिटामिन र एन्टिअक्सिडेन्ट पाइन्छ । यसले तौल घटाउन त सघाउँछ नै समग्र स्वास्थ्यलाई बलियो राख्न पनि मद्दत गर्छ । बेरीलाई ताजा, दही वा ओटमिलमा मिसाएर वा स्मूदीमा हालेर पनि खान सकिन्छ । यी फलफूलको सेवनले तपाई आफ्नो स्वास्थ्य अवस्थालाई बढवा दिन त सकिन्छ नै स्वस्थ पूर्ण जीवन जिउन मद्दत गर्छ ।

गोलभेँडा : टमाटरमा भरपुर मात्रामा पानी हुन्छ अनि क्यालोरी कम हुन्छ ।  यसमा लाइकोपीनजस्ता एन्टिअक्सिडेन्टहरू पनि हुन्छन् । यसले सुन्निएको कम गर्छ  भने बोसो घटाउन पनि मद्दत गर्न सक्छ । गोलभेँडालाई काटेर सलादमा वा स्यान्डबिचमा हालेर खान सकिन्छ । यसको सूप पनि खान हुन्छ । यसलाई ससहरूमा मिसाएर पनि खान सकिन्छ । गोलभेँडा स्वादिष्ट र पोषणले भरिपूर्ण छन् ।

सुन्तला: सुन्तला पनि रसिलो फल हो । यसमा पानीको मात्रा उच्च हुन्छ । यसले शरीरमा फाइबर र भिटामिन सीको पूर्ति पनि गराउँछ । फाइबरले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र भोक कम गरेर तौल घटाउन मद्दत गर्छ । तपाईँ खाजाको रूपमा सुन्तला खान सक्नुहुन्छ । ताजा सुन्तला निचोरेर रस पिउन सकिन्छ । सलाद वा मिठाइहरूमा पनि सुन्तलाका टुक्राहरू राखेर खान सकिन्छ । सुन्तलाले ताजगी त दिन्छ नै स्वास्थ्य जीवनयापनमा पनि सघाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप