सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु हुँदैन : प्रमुख सचेतक बर्तौला
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउन नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृङ्खला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
उनले सुर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठुलो रहेको उल्लेख गर्दै उहाँले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए । उनले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले राजनीतिक नेतृत्वहरू पनि गलत कुराको अनुयायी बन्न नहुने बताए ।
बर्तौलाले विश्वका धेरै देशहरूले पूर्ण प्रतिबन्ध गरेर अघि बढेको भन्दै उनले यो विषयलाई समाज, राजनीतिक दल संसद र सरकारको विषय बनाउनुपर्ने बताए । प्रमुख सचेतक बर्तौलाले सिंगो देशको प्रतिबद्धता भएमात्रै यस किसिमका समस्या समाधान हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण