काठमाडौँसहित छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर मुनि भरैव बस पकेट नजिक सडकमा तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२६ प ६००२ नम्बरको स्कुटर शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता सप्तरीको हनुमाननगर कंकालिन नगरपालिका-१ सखरदहीस्थित सडकमा प्रदेश ३-०१-०२२ च १३५० नम्बरको कार अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार सोही नगरपालिका-१२ बस्ने सलमान अलीको छोरा ५ वर्षीय अहमद शेखको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ९ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी गुल्मीको चन्द्रकोट गाउँपालिका-७ ठुला रघुस्थित सडकमा लु.४ त ७७९० नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २८ वर्षीय ढक बहादुर घर्तीको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै रूपन्देहीको मायादेवी गाउँपालिका-१ ऐरौलीस्थित सडकमा रोकी राखेको लु.३ त ६७३३ नम्बरको ट्याक्टरमा लु.३९ प ४१३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ महदेवा बस्ने ३० वर्षीय लक्ष्मण कहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटसाइकलमा सवार अन्य ३ जना उपचार पश्चात डिष्चार्ज भएका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका-३ खखनास्थित सडकमा बीआर ३० क्यू ४३८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक सर्लाही पर्सा गाउँपालिका बस्ने ३३ वर्षीय आलम साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडमी पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको थप उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
-
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता
-
आईसीसी टेस्ट च्याम्पियनसिप फाइनल : दक्षिण अफ्रिकी टोलीको घोषणा, कागिसो राबडाले पनि स्थान पाए
-
सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा
-
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी