मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना

शनिबार, ०१ वैशाख २०८१, १८ : १४
शनिबार, ०१ वैशाख २०८१

धनुषा । भारतीय राजदूतावास, काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगन्ज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्षको अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ । 

PIC (4)

मधेस प्रदेशका माननीय मुख्यमन्त्री सरोज कुमार यादवले प्रमुख अतिथिको रूपमा महोत्सवको पहिलो सत्रको उद्घाटन गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा महत्त्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरूको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिभल पनि समावेश थियो । 

PIC (2)

कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान् राम र सीताको जीवनीमा आधारित भजनको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्ध नेपाली गायिका सुश्री मेनुका पौडेलको प्रस्तुति रहेको थियो । मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् । 

PIC (10)

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाएका थिए । सो महोत्सवमा मधेस प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो साथै दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । 

PIC (3)

दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको थियो । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप