बर्नमाउथसँग म्यानचेस्टर युनाइटेडको कठिन बराबरी
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कठिन बराबरी गरेको छ । एफसी बर्नमाउथसँग २–२ गोलको पुनरागमन बराबरी गर्दै तालिकामा एक अङ्क थपेको हो ।
बर्नमाउथले घरेलु मैदानमा १६ औँ मिनेटमा अग्रता लिएको थियो । उसका डोमोनिक सोलांकेले मार्कोस सेन्सीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ३१ औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । ३६ औँ मिनेटमा सेन्सीको पासमा जस्टिन कुलभर्टले गोल गरेपछि बर्नमाउथले फेरि २–१ को अग्रता बनाएको थियो ।
१ गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा पेनाल्टीमार्फत बराबरी गरेको हो । ६५ औँ मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २–२ को अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल नभएपछि दुवै टिमले तालिकामा एक एक अङ्क जोडेका छन् ।
युनाइटेड ३२ खेलबाट ५० अंकका साथ तालिकाको सातौँ स्थानमा रहँदा बर्नमाउथ समान खेलबाट ४२ अंकका साथ १२ औँ स्थानमा छ । जारी सिजनमा म्यानचेस्टर सिटी ७३ अंकका साथ शीर्ष स्थानमा रहँदा आर्सनल र लिभरपुल एक खेल कम खेल्दै समान ७१ अंकका साथ तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।
प्रिमियर लिग अन्तर्गत आज तीन वटा खेल हुने छन् । नेपाली समय अनुसार पौने ७ बजे लिभरपुल र क्रिष्टल प्यालेस तथा वेस्टह्याम र फुलह्यामबीच प्रतिस्पर्धा हुने छ । यस्तै, सवा ९ बजे आर्सनल र एस्टन भिल्ला आमने सामने हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण