बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्ड ‘सी’ विरुद्धको खेलका लागि प्रारम्भिक टोलीको घोषणा

आइतबार, ०२ वैशाख २०८१, १४ : १६
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । आगामी मेमा खेलिने इङ्ल्यान्डको ‘सी’ टोलीविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक चरणमा नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

 आगामी मेमा नेपाली टोलीले इङ्ल्याडको ‘सी’ टोलीसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । प्रारम्भिक चरणको घोषित टोलीमा गोलरक्षकका रुपमा अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत रहेका छन् ।

यसैगरी रक्षापंक्तिमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ रहेका छन् । मध्यपंक्तिमा भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्की रहेका छन् ।

यसैगरी प्रारम्भिक चरणको टोलीमा अग्रपंक्तिको खेलाडीका रुपमा अञ्जन बिष्ट, दीनेश हेन्जन, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जिव बिष्ट र राजेश परियारलाई समेटिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप