इङ्ल्यान्ड ‘सी’ विरुद्धको खेलका लागि प्रारम्भिक टोलीको घोषणा
काठमाडौँ । आगामी मेमा खेलिने इङ्ल्यान्डको ‘सी’ टोलीविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक चरणमा नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।
आगामी मेमा नेपाली टोलीले इङ्ल्याडको ‘सी’ टोलीसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । प्रारम्भिक चरणको घोषित टोलीमा गोलरक्षकका रुपमा अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत रहेका छन् ।
यसैगरी रक्षापंक्तिमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ रहेका छन् । मध्यपंक्तिमा भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्की रहेका छन् ।
यसैगरी प्रारम्भिक चरणको टोलीमा अग्रपंक्तिको खेलाडीका रुपमा अञ्जन बिष्ट, दीनेश हेन्जन, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जिव बिष्ट र राजेश परियारलाई समेटिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण