केन्द्रस्तरको राष्ट्रपति रनिङ शिल्डमा सानले खेलाडीको विषयमा अनुसन्धान गर्ने

काठमाडौँ । केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु हुनुअघि आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगितामा समावेश गरिएका विभिन्न खेलको राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसँग छलफल गरेका छन् ।
सदस्य सचिव घिसिङले १४ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा समावेश गरिएको एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलको राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसँग छलफल गरेका हुन् ।
केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबार काठमाडौँमा सुरु हुँदैछ । छलफलका क्रममा सदस्यसचिव घिसिङले राष्ट्रपति रनिङ शिल्ड खेलकुदलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए ।
‘राष्ट्रपति रनिङ शिल्ड जुनियरस्तरको सबैभन्दा ठुलो प्रतियोगिता हो । यसलाई भव्य र सफल बनाउनु हामी सबैको कर्तव्य हो । सबै मिलेर प्रतियोगितालाई सफल बनाउनु पर्छ । प्रतियोगितासँग सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु जरुरी छ,’ उनले भने ।
स्थानीय तह, ७७ जिल्ला र सातवटै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भएपछि केन्द्र स्तरीय प्रतियोगिता आयोजना हुन लागेको हो । जुनियरस्तरको सबैभन्दा ठुलो प्रतियोगिता भएकाले सहभागी खेलाडीको विषयमा अनुसन्धानका लागि राखेप अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टोलीलाई परिचालन गरिने जानकारी पनि सदस्य सचिवले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट