केन्द्रस्तरको राष्ट्रपति रनिङ शिल्डमा सानले खेलाडीको विषयमा अनुसन्धान गर्ने
काठमाडौँ । केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु हुनुअघि आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगितामा समावेश गरिएका विभिन्न खेलको राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसँग छलफल गरेका छन् ।
सदस्य सचिव घिसिङले १४ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा समावेश गरिएको एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलको राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसँग छलफल गरेका हुन् ।
केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबार काठमाडौँमा सुरु हुँदैछ । छलफलका क्रममा सदस्यसचिव घिसिङले राष्ट्रपति रनिङ शिल्ड खेलकुदलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए ।
‘राष्ट्रपति रनिङ शिल्ड जुनियरस्तरको सबैभन्दा ठुलो प्रतियोगिता हो । यसलाई भव्य र सफल बनाउनु हामी सबैको कर्तव्य हो । सबै मिलेर प्रतियोगितालाई सफल बनाउनु पर्छ । प्रतियोगितासँग सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु जरुरी छ,’ उनले भने ।
स्थानीय तह, ७७ जिल्ला र सातवटै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भएपछि केन्द्र स्तरीय प्रतियोगिता आयोजना हुन लागेको हो । जुनियरस्तरको सबैभन्दा ठुलो प्रतियोगिता भएकाले सहभागी खेलाडीको विषयमा अनुसन्धानका लागि राखेप अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टोलीलाई परिचालन गरिने जानकारी पनि सदस्य सचिवले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण